सडक निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको भन्दै ठोरीका स्थानीयद्वारा विरोध

पर्सा : जिल्ला समन्वय समिति पर्साले ठोरी गाउँपालिका ३ मा पर्ने निर्माणधिन हुलाकी सडकको अनुगमन गरेको छ । गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेको भन्दै स्थानीयले विरोध जनाइरहेका बेला समन्वय समितिले सडकको अनुगमन गरेको हो ।
अनुगमनपछि समन्वय समितिले स्थानीय र सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीसँग पनि छलफल गरेको जनाएको छ । समन्वय समितिका उपसभापति ठाकुरप्रसाद न्यौपाने, समन्वय अधिकारी छविरमण भट्टराई, इन्जिनियर विजय गुप्तालगायत सहभागी टोलीले स्थानीयको असन्तुष्टिका विषयमासमेत छलफल गरेको जनाएको छ । दसैंको मौकामा ठेकेदार कम्पनीले कालोपर्दा गर्दा लापरबाही गरेको स्थानीयको गुनासो छ ।
कालोपत्रे गरेको केही दिनमै उप्कन थालेको, सडकमा पानी छिर्ने छिद्र बनेका गुनासो गरेको उपसभापति न्यौपानेले जानकारी दिए । सडक कालोपत्रे गर्दा गुणस्तरहिन निर्माण सामग्री प्रयोग गरेको भन्दै स्थानीय पहिलेदेखि नै विरोधमा छन् । कालोपत्रे उप्किएको ठाउँमा ठेकेदारले टालटुल पार्न थालेको स्थानीयको आरोप छ ।
सो सडक निर्माणको ठेक्का बानियाँ निर्माण सेवाले पाएको थियो । कम्पनीका फिल्ड इन्चार्ज उद्धव न्यौपानेले भने कम्पनीले सडकको इस्टिमेट अनुसार काम भएको दाबी गरे ।

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

जनकपुरमा जानकी जन्मोत्सव सुरु

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
_7dQf342lgh_ny0rqmpd6dntb2mwlijiflfqsvwmufz22cstcdajpymlmpfm0n7tyhtnwzhs_J2QatBwaWo_g4zc4icq3godjbsjbxemumdpntske0kzryhzozhnvwc2icec6hfvhxncu6or.jpg)
चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण

आनन्दीदेवी मृत्यु प्रकरणः छानबिन समितिले बयान लिँदै

रौतहटमा १४ वर्षीय बालकको हत्या, पाँच दिनपछि भेटियो शव

प्रतिक्रिया