जनकपुरधाममा स्वतन्त्र उम्मेदवारलाई १७ सय भन्दा बढी मतको अग्रता

धनुषा- धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीको फराकिलो अग्रता कायमै रहेको छ । पछिल्लो मतगणना अनुसार सुडीले ३३२९ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले १६०१ मतसहित उनलाई पछ्याइरहेका छन् तर दुईजनाबीचको मतान्तर १७२८ रहेको छ । तेस्रो स्थानमा भने अर्का स्वतन्त्र उम्मेदवार बलराम महतो रहेका छन् । उनले ९२६ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका किशोरी साह अग्रस्थानमा रहेका छन् । उनले २९६६ मत प्राप्त गरेका छन् । एमालेकी रुणादेवी झा १५५९ मतसहित दोस्रो स्थानमा छिन् । ११६५ मत प्राप्त गरेका स्वतन्त्र उम्मेदवार निर्मलकुमार चौधरीले उनीहरुलाई पछ्याइरहेका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया