प्रदेश १ को प्रदेश सभा बैठक आह्वान

काठमाडौँ : प्रदेश १ को प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न उनकै पार्टी एमालेका सांसदहरु तयार भएपछि चैत २३ गतेको लागि बैठक बोलाइएको हो । यस अघि चैत १ गते बैठक बसेपनि अनिश्चितकालका लागि स्थगित भएको थियो ।
त्यसो त मुख्यमन्त्री राईले गत बुधबार बसेको एमाले संसदीय दलको बैठकमा एक हप्ता भित्र अविश्वासको प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए ।
माघ ७ गते हिउँदे अघिवेशन सुरु भए पनि मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पुस १२ मा पेश भएको थियो । तर, संसदमा भने फागुन ९ गते टेबल भएको थियो । अविश्वासको प्रस्ताव टेबल भएपछि सरकार पक्षले नै बैठक बहिष्कार गर्यो ।

प्रतिनिधिसभाको बैठक बस्दै

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

प्रतिक्रिया