विराटनगर महानगर : कांग्रेसले जितेका वडामा एमाले हाबी

विराटनगर- विराटनगर महानगरपालिकाको ६ वटा वडामा मत गणना सकिँदा तीन वटा वडामा एमालेले जितेको छ । तीनवटा मध्ये दुई वटा वडामा यसअघि कांग्रेसले जितेको थियो ।
मंगलबार विहानसम्मको मतपरिणाम अनुसार विराटनगर महानगरपालिकामा एउटा वडामा नेपाली कांग्रेसले एउटा वडामा मात्रै जितेको छ । एउटामा जनता समाजवादी र एक स्वतन्त्रले वडाध्यक्ष जितेका छन् ।
विराटनगरमा शनिबार विहान १० गतेदेखि ६ वटा वडाको मतगणना सुरु गरिएको थियो । पहिलो चरणमा मतगणना सुरु भएका सबै वडाको गणना मंगलबार बिहान सकिएको छ । विराटनगरमा कांग्रेसले यसअघि जितेको वडा नम्बर १ र २ मा पनि वडाध्यक्षसहित अधिकांश पद यस पटक एमालेले जितेको हो ।
एमालेबाट वडा नम्बर १ मा काजीबहादुर बस्नेतले १ हजार ९०० मत प्राप्त गरी विजयी भएका छन् । कांग्रेसका राजन नेउपानेले १ हजार ५९१ मत प्राप्त गरी निकटतम् प्रतिद्वन्द्वीमै सिमित भए ।
त्यस्तै २ मा कुमार पोखरेलले १ हजार ३१२ मतका साथ विजयी भएका हुन् । वडा नं. २ मा राप्रपाको सुरुवाती अग्रतालाई रोक्दै एमालेका पोखरेल निर्वाचित भए । राप्रपाका पवन कुमार सुरानाले १ हजार २६९ मत प्राप्त गरेर दोस्रो हुँदा कांग्रेसका ज्ञानेश्वर नेपाल तेस्रो मतमा सिमित भए ।
वडा नम्बर १९ मा एमालेकै श्याम घिमिरे विजयी भइसकेका छन् । एमालेले जितेका तीनवटा मध्ये वडामा २०७४ को निर्वाचनबाट कांग्रेसका उम्मेदवार १ र १९ मा निर्वाचित भएका थिए । वडा नम्बर १६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उद्धव कुमार भुजेल, वडा नं. १७ मा जनता समाजवादी पार्टी समिम कमर मिया र वडा नम्बर १८ मा स्वतन्त्र उम्मेदवारी दिएका जितेन्द्र कुमार साह विजयी भएका थिए ।
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_xrITX4RRAL_0vtbpde7vvcmmrgzn7vcjutj9mmvrotrimla4gyq1zu2q8jedebmid3ogvh9.jpg)
प्रतिक्रिया