रामेछापको गोकुलगंगामा कांग्रेस विजयी

काठमाडौँ– रामेछापको गोकुलगंगा गाउँपालिको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार काजीबहादुर खड्का (दिनेश) विजयी भएका छन् । उनले एमालेका उम्मेदवार खड्गबहादुर सुनुवारलाई १३ सय ८३ मतान्तरले पराजित गरेका हुन् । खड्काले ६ हजार ९३ मत प्राप्त गरी अध्यक्षमा विजय हासिल गरेका हुन् भने सुनुवारले ४ हजार ७ सय १० मत पाएका छन् ।
यसअघिको निर्वाचनमा गाउँपालिका अध्यक्षमा विजयी भएका सुनुवारलाई एमालेले यो पटक पनि उम्मेदवार बनाएको थियो । खड्का भने गत स्थानीय निर्वाचनमा गोकुलगंगा–५ को वडाअध्यक्षमा समेत पराजित भएका थिए ।
त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै उषादेवी कार्की विजयी भएकी छिन् । कार्की ५ हजार २ सय ५३ मत पाएर विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी एमालेकी राधिका श्रेष्ठ (नेवार)ले ४ हजार ६ सय ८६ मत पाएकी छिन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया