पाँचथरको मिक्लाजुङ अध्यक्षमा माओवादीका अमर दोस्रो पटक पनि निर्वाचित

काठमाडौँ- पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अमरराज माखिम फेरि निर्वाचित भएका छन् । उनले अध्यक्ष पदमा ६ हजार ६५ मत प्राप्त गरे । सत्ता गठबन्धनका उनले नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार नरेन्द्र बस्नेत पराजित गरेका हुन् ।
बस्नेतले ४ हजार २६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय मिक्लाजुङले जनाएको छ । उनीहरूबीचको मतान्तर २ हजार ३९ हो ।
यसअघि २०७४ सालमा पनि माखिम माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भए । त्यतिबेला उनले नेपाली कांग्रेसका खड्गसुन्दर लावतीलाई पराजित गरेका थिए ।
माखिमले पाएका सेवा सुविधाले अपाङ्गता भएका र विपन्न बालबालिकालाई पठनपाठनमा सहयोग गरेका थिए । सवारी साधन नकिनेको, किसानहरूलाई प्रोत्साहन गरेको, सेवा प्रवाह चुस्त बनाएको भन्दै उनले वावाही पाउका थिए । उनै माखिम दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
गाउँपालिकाको उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट कांग्रेसका सन्तोषकुमार सेर्मा निर्वाचित भएका छन् । उनले ५ हजार ५ सय ४२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी धनमाया सारुले ३ हजार ३ सय ७२ मत प्राप्त गरिन् ।

धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादीका गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइ…

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

प्रतिक्रिया