लक्ष्मीनिया गाउँपालिका : यी ८ उम्मेदवार, जसले आफैँले आफैँलाई दिएनन् मत

धनुषा- धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका ८ उम्मेदवारले एक मत पनि प्राप्त गर्न सकेनन् । अध्यक्ष पदका लागि २५ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये १७ जना स्वतन्त्र उम्मेदवार थिए । र कुनै पनि मत प्राप्त नगर्नेमा आठै जना स्वतन्त्र उम्मेदवार हुन् । अर्का दुई स्वतन्त्र उम्मेदवारले एक-एक मत मात्र पाए ।
उक्त गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए । विजयी भएका कांग्रेसका भोगेन्द्र मिश्रले ३७६५ मत प्राप्त गरे । उनले जनता समाजवादी पार्टीका शत्रुघन यादवलाई पछि पारे । यादवले ३४९७ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार फुल कुमारी यादवनी विजयी भइन् । उनले ३६२८ मत प्राप्त गरिन् । जनता समाजवादीकी विमला कुमारी यादवले ३४६० मत प्राप्त गरिन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया