कास्कीको अन्नपूर्ण गाउँपालिकामा एमालेका विष्णु केसी विजयी

पोखरा–कास्कीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेका विष्णु केसी विजयी भएका छन् । नेपाली कांग्रेसका युवराज कुँवरलाई ७ सय ६३ मतले पछि पार्दै केसी विजयी भएका हुन् ।
केसीले ६ हजार ७ सय २२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार युवराज कुँवरले ५ हजार ९ सय ५९ मत प्राप्त गरेका छन् । त्यसै गरी उपाध्यक्षमा नेकपा एमालेकी चन्द्रकला अधिकारीले ६ हजार ६ सय ८ मत प्राप्त गर्दै विजयी भइन् ।
नेपाली कांग्रेसकी खीमकुमारी गुरुङले ६ हजार १४ मत प्राप्त गरिन् । गाउँपालिकामा २० हजार ३ सय ४८ मतदाता रहेकोमा १४ हजार ९ सय ४ मत खसेको थियो ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया