सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

स्थानीय निर्वाचन पछिको पहिलो कारोबारमै ८५ अंकले घट्यो नेप्से

काठमाडौँ- स्थानीय निर्वाचन पश्चातको पहिलो कारोबारमा सेयर बजारमा उल्लेख्य गिरावट आएको छ। साताको पहिलो कारोबारको दिन आज नेप्से परिसूचक ८४.९० अंकले घटेको हो ।  गत साताभर बढेको बजार अन्तिम कारोबारमा भने १९ अंकले घटेको थियो। बजार खुले देखिनै गिरावट सुरु भएको बजार जुन अन्तिम सम्म नै कायम रहेको थियो ।

गत साताको अन्तिम कारोबारमा १९ अंक घटेर २३५०.४२ अंकमा पुगेको बजार परिसूचक आजको कारोबार पश्चात ८५ अंक घटेर २२६५.५२ अंकमा ओर्लिएको छ।

आजको कारोबारमा नेप्से परिसूचक ३.६१ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक ३.१४ प्रतिशत अर्थात १४.२७ अंकले घटेर ४३९ दशमलव ६९ अंकमा ओर्लिएको छ ।

परिसूचक

हाल

परिवर्तन

प्रतिशतमा

नेप्से

२,२६५.५२

८४.९

३.६१  

सेन्सेटिभ

४३९.६९

१४.२७

३.१४  

फ्लोट

१५४.८८

५.८१

३.६२  

सेन्सेटिभ फ्लोट

१४०.५३

४.७

३.२४  

बजार परिसूचक ८५ अंकले घट्दा कारोबार भएका २ सय २१ कम्पनीको सेयर कारोबारमा १ अर्ब ६४ करोड बराबरको सेयर कारोबार भएको छ। आज १ अर्ब ६४ करोड ४० लाख ५० हजार २ सय ३९ रूपैयाँ बराबरको ३५ लाख ९५ हजार ५ सय ६८ कित्ता सेयर ३३ हजार ६ सय १० पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

घट्दो बजारमा बिहीबारको कारोबारमा जम्मा २ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ८८ कम्पनीको सेयर मूल्य घटेको छ।

आजको कारोबारमा बढी कमाउने कम्पनीमा सामुदायिक लघुवित्त वित्तीय संस्था, बोटलर्स नेपाल, एनआईबीएल संमृद्धि फण्ड, सनराइज म्यचुअल फण्ड, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर लगायतका कम्पनी रहेका छन् ।

मंगलबारको कारोबारमा युनाइटेड इन्स्योरेन्स कम्पनी, लुम्बिनी जेनेरल इन्स्योरेन्स, सुर्योदय लघुवित्त वित्तीय संस्थाको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

उप-समूह तर्फ आज कारोबार भएका सबै समूह घटेको छ।

उप-समूह

हाल

परिवर्तन

प्रतिशतमा

बैकिङ

१,५५३.२०

३७.९५

२.३९  

व्यापार

२,००५.१३

६०.८६

२.९५  

होटेल तथा पर्यटन

२,९१२.७२

७७.०८

२.५८  

विकास बैंक

३,९१६.१८

१६३.६९

४.०१  

जलविद्युत

२,५५८.८२

१४२.५

५.२८  

फाइनान्स

१,६६९.६५

१०१.८७

५.७५  

निर्जीवन बीमा

९,८७२.००

४८५.८१

४.६९  

म्यानुफ्याक्चरिङ र प्रोसेसिङ

५,४६०.९७

११३.३७

२.०३  

अन्य

१,७१७.८८

१०६.३१

५.८३  

माइक्रो फाइनान्स

४,६६०.६५

१४३.२८

२.९८  

जीवन बीमा

११,३०५.०९

५९२.५९

४.९८  

म्यचुअल फण्ड

१५.१७

०.२४

१.५८  

लगानी

७४.१५

२.५९

३.३७