सुदूरपश्चिममा काेभिडका बिरामीलाई आइसीयू र भेन्टिलेटर अभाव

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित कोभिड अस्थायी अस्पताल कोभिड–१९ संक्रमितले भरिभराउ छ । प्रदेशमा गम्भीर प्रकृतिका संक्रमितको उपचार हुने एक मात्र अस्पतालमा बेड खाली छैन । गम्भीर प्रकृतिका विरामी थपिएको अवस्थामा उनीहरूलाई कहाँ राखेर उपचार गर्ने भन्ने पनि अन्यौल छ ।
सेती प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको ५० श्यैयाको अस्थायी अस्पतालमा ४८ जना संक्रमितको उपचार भइरहेको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले ५० श्यैया उपलव्ध रहेकोमा ३२ जनाको जनरल वार्डमा र १६ जना गम्भीर संक्रमितको आइसियू र भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पताल भर्ना हुनेमा सबैभन्दा धेरै कैलालीका ३७ जना संक्रमित छन् भने कञ्चनपुरका चार, डडेल्धुरा र अछामका दुई/दुई, दार्चुला, बझाङ र बैतडीका एक/एक जना संक्रमित रहेका छन् ।
‘जनरल वार्ड मात्र होइन् अस्पतालको सघन उपचार कक्षकाे आईसीयू पनि भरिएको छ । भेन्टिलेटर पनि चार वटा मात्र खाली छ।’ सूचना अधिकारी श्रेष्ठले भने । १० श्यैयाको आईसीयू सेटअप रहेको अस्पतालले जनरल वार्डसमेत अक्सिजनको उपलब्धता हुने गरी वैकल्पिक व्यवस्था गर्दै २० श्यैयाको बनाएको श्रेष्ठले बताए । तर अस्पताल भर्ना भएका १६ जना संक्रमितलाई आईसीयूमा राखेपछि थप गम्भीर बिरामी फेला परे उपचारमा समस्या हुने देखिएको हो ।
कोभिड अस्पताल संक्रमितले भरिभराउ भएपछि सेती प्रादेशिक अस्पतालकै पूरानो भवनमै भए पनि व्यवस्थापन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ । प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पताल घोषणा गरे पनि उपकरण विस्तारमा भने खासै चासो दिएको छैन ।
यता सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती र महाकाली अस्पतालमा गम्भीर संक्रमितको उपचारका लागि सघन उपचार कक्ष आईसीयू र भेन्टिलेटर सेवाको व्यवस्था रहेको बताउँदै टीकापुर अस्पतालमा पनि उपकरण पठाइसकेको बताए ।
उनले अन्य जिल्ला अस्पतालमा पनि उपकरण र श्यैया विस्तारको कार्य भइरहेको जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या नौँ हजार नौँ सय २३ रहेको छ भने संक्रिय संक्रमितको संख्या एक हजार चार सय ५७ रहेको छ ।

पाटेबाघलाई निकुञ्जमा छाडियो

चितुवाको आक्रमणबाट बालकको मृत्यु

गाउँ पसेको पाटेबाघ नियन्त्रणमा

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

विद्युत् लाइन काटिएपछि ग्यास प्लान्ट अलपत्र

लालझाडीका ज्येष्ठ नागरिकलाई तीर्थाटन

आठ महिनामा पाँच अर्ब चौँतिस करोड राजस्व सङ्कलन

प्रतिक्रिया