आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

माडीकाे मेयरमा एमालेकी महतो विजयी

चितवन - माडी नगरपालिकामा नेकपा एमालेकी मेयर उम्मेदवार ताराकाजीकुमारी महतो विजयी भएकी छिन । मेयरमा निर्वाचित महतोले ९ हजार ९ सय १ मत प्राप्त गरी विजयी भएकी हुन् ।

महतोले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका ऋषि काफ्लेलाई दुई हजार १ सय ७२ मतले पराजित गर्दै विजयी भएकी हुन् । माडीमा एमाले र राप्रपाको तालमेल रहेको थियो । महत्तोको प्रतिद्वन्द्वी काफ्लेले जम्मा ७ हजार ७ सय २९ मत मात्रै प्राप्त गरे ।

उपमेयरमा भने गठबन्धका तर्फबाट काँग्रेसका खेम महतो विजयी भएका छन् । उनले ६ हजार ८ सय ३० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका मदन पौडेलले पाँच हजार १४० र स्वतन्त्र उमेदवार कृष्ण पौडेलले तीन हजार ८६ मत ल्याए ।