प्रि बजेटमाथिको छलफल जेठ ५ गते

काठमाडौँ - राष्ट्रियसभामा आर्थिक वर्ष २०७९र८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल यही जेठ ५ गतेका लागि निर्धारण गरिएको छ ।
राष्ट्रियसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।
उनले सो प्रस्ताव पेस गर्दै विनियोजन विधेयक, २०७९ मा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण, सन्तुलित र समावेशी आर्थिक विकास, आत्मनिर्भर अर्थतन्त्र निर्माण, विनियोजन कुशलता र मितव्ययितालगायत सिद्धान्त र प्राथमिता रहेको उल्लेख गरे ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्तावमाथि छलफल गर्न जेठ ५ गतेको समय निर्धारण गरेको हो । राष्ट्रियसभाको अर्कौ बैठक यही जेठ ५ गते दिउँसो १ बजे बस्ने छ ।
रासस

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया