रिब्दीकोटमा कार्की र अधिकारी विजयी

पाल्पा - पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारायण बहादुर कार्की पाँच हजार ७०४ मतसहित विजयी भएका छन् ।
उनका प्रतिस्पर्धी नेकपा (एमाले)का निवर्तमान गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले चार हजार ७२६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी कान्ता अधिकारीले पाँच हजार ४७९ मत ल्याएर निर्वाचित भएकी छिन् । अधिकारीको प्रतिस्पर्धी एमालेकी लक्ष्मी खनालले चार हजार ९२६ मत प्राप्त गरेकी छिन् ।
यस पालिकामा २०७४ को निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । यहाँ १६ हजार ३९५ मतदाता रहेकामा गत वैशाख ३० गते भएको निर्वाचनमा ११ हजार २५९ मत खसेको थियो ।
रासस

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया