आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

भरतपुरमा रेणुको अग्रता कायमै, विजय ३७३ मतले पछाडि

चितवन - भरतपुर महानगरमा माओवादीका रेणु दाहालले अग्रता कायमै राखेकी छन् । २१८६० गणना गर्दा उनले ७४७१ मत प्राप्त गरेकी छन् ।

उनलाई ७०९८ मतका साथ एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् । उनी दाहालभन्दा ३७३ मतले पछाडि छन् ।

मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ३६०३ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ९०३२ मत प्राप्त गर्दा राप्रपाका हिमला गुरुङले ५८६९ मत ल्याएका छन् ।