जिरी नगरपालिकामा एमाले विजयी

दोलखा - दोलखाको जिरी नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । जिरी नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।
नगरप्रमुखमा मित्रबहादुर जिरेल र उपप्रमुखमा कृष्णमाया बुढाथोकी निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । नगरप्रमुखमा निर्वाचित मित्र जिरेलले दुई हजार ९४९ मत प्राप्त गरेका छन् भने गठबन्धनका प्रतिस्पर्धी नेपाली कांग्रेसका लाक्पा शेर्पाले दुई हजार ६९२ मत प्राप्त गरेका छन् ।
उपप्रमुख एमालेका बुढाथोकीले तीन हजार ४३४ मत प्राप्त गर्दा प्रतिस्पर्धी तेजबहादुर गोलेले तीन हजार १२० मत प्राप्त गरेका छन् ।
जिरी नगरपालिकाको नौवटै वडाको मतगणना सकिएको छ । नौ वटा वडा रहेको जिरी नगरपालिकामा माओवादी केन्द्रले चार वडा, एमालेले दुई वडा, नेपाली कांग्रेसले दुई वडा र एकीकृत समाजवादीले एक वटा वडा निर्वाचित भइसकेको छ ।
एमालेले नगरप्रमुख, उपप्रमुख जिते पनि माओवादीले वडा नम्बर २, ३, ७ र ८ मा वडाध्यक्षसहित सिङ्गो प्यानाल माओवादीको निर्वाचित भएको छ ।
नेपाली कांग्रेसले वडा नम्बर १ र ५ मा वडाध्यक्षसहित सिङ्गो प्यानल निर्वाचित भएको छ । नेकपा एमाललेले भने वडा नम्वर ४ मा र वडा नम्बर ९ मा अध्यक्षसहित सिङ्गो प्यानल निर्वाचित भएको छ । रासस

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया