भारतबाट फर्किनेहरूमा धमाधम कोभिड संक्रमण

धनगढी : आइतबार मात्रै भारतका विभिन्न शहरबाट पश्चिमी नाका गौरीफन्टा हुँदै नेपाल भित्रिएका चार जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । नाकामा स्थापना गरिएको हेल्थ डेस्कका अनुसार तीन सय ७१ जना नेपाल फर्केका थिए भने ५८ जनाको कोभिड परीक्षण गरिएको थियो ।
उनीहरुमध्य चार जनामा संक्रमण पुष्टि भएको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले बताए । उनका अनुसार भारतमा कोभिड संक्रमण फैलिएपछि सीमामा चेकजाँच गर्दा हालसम्म ८ सय ७० जनाको स्वाब परीक्षण गरिएको छ । उनीहरुमध्ये ३८ जनामा कोभिड संक्रमण पुष्टि भइसकेको ठकुल्लाले बताए ।
भारतबाट फर्केकाहरुमा नै संक्रमण पुष्टि हुन थालेपछि सुदूरपश्चिममा कोभिड भाइरसको दोस्रो लहर फैलिन सुरु भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । तर कोभिड रोकथाम र नियन्त्रणका लागि भने प्रदेशका स्वास्थ्य संयन्त्र तयारी अवस्थामा देखिएका छैनन् । स्थानीय तहले संक्रमण फैलिन नदिन स्वाब संकलन र कन्ट्याक्ट ट्रेसिङमा चासो देखाएका छैनन् ।
सेती प्रादेशिक अस्पतालसहित बैतडी, अछाम, डोटी, बझाङ, डडेल्धुरा र कञ्चनपुर गरि सबै प्रयोगशालाको दैनिक परीक्षण क्षमता तीन हजार पाँच सय रहेको छ । तर सुदूरपश्चिममा अहिले बढिमा दैनिक २५ जनाको मात्रै कोभिड परीक्षण भईरहेको छ । भारतबाट फर्केका अधिकांश नेपाली पनि परीक्षण बिना घर गईरहेका छन् । तर पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकी व्यवस्थापन गरिरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले सीमा नाकामा स्वस्थ्य परीक्षण गरेर मात्रै आउन दिने व्यवस्था मिलाइएको दावी गरे । सीमामा एन्टिजेन परीक्षण गरिरहेका उनले बताए ।
कोभिड फैलिन नदिन लगाइएको आशिंक निषेधाज्ञाकै बीच कैलालीमा सभा, गोष्ठीलगायतका भीडभाड हुने कार्यक्रम भईरहेका छन् । संघीय सरकारका मन्त्रीले नै आशिंक निषेधाज्ञाको उल्लघन गर्दै कैलालीमा आयोजित कार्यक्रममा सहभागिता जनाएपछि झन समस्या बढेको हो । होली मनाउने क्रममा पनि चहलपहलमा बढेको छ ।
होली खेल्ने अधिकांशले सामाजिक दूरी कायम नगरेको र मास्क प्रयोग गरेको पाइएको छैन् । यता कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले कुनै पनि कार्यक्रमको नाममा भीडभाड गर्न नपाइने बताउँदै प्रशासनले जारी गरेको आदेशको सबैले पालना गर्नुपर्ने बताए । ‘प्रशासनले जारी गरेको आदेश सबैको लागि हो । जस्तो सुकै अवस्थामा पनि जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिरहेका छौँ,’ उनले भने ।

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

दुई दशकदेखि राजमार्गको पुलमुनि बास

जडीबुटीका विरुवासँगै तालिम दिँदै वनस्पती अनुसन्धान केन्द्र

प्रतिक्रिया