कानेपोखरी गाउँपालिका अध्यक्षमा एमालेकी राजमति विजयी

काठमाडौँ- मोरङको कानेपोखरी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष राजमति इङ्गनाम गाउँपालिका अध्यक्षमा विजयी भएकी छन् । एमालेकी राजमतिले ३ हजार १ सय २९ मतान्तरले कांग्रेसका सञ्जय भट्टराईलाई पराजित गरेकी हुन् ।
राजमतिले ८ हजार ९ सय ७५ मत ल्याएर विजयी भएकी छन् भने उनको निकटतम् प्रतिद्वन्द्वी भट्टराईले ५ हजार ८ सय ४६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गाउँपालिका उपाध्यक्षमा एमालेका भोलाप्रसाद अधिकारीले ९ हजार ५ सय ७० मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मनकुमारी गुरुङ्ले ७ हजार ८ सय १८ मत प्राप्त गरिन् ।
गाउँपालिकाका ७ वटा वडामध्ये कांग्रेसले २ र एमालेले ५ वटा वडाध्यक्षमा विजयी हात पारेका छन् । वडा १ मा कांग्रेसका रत्नबहादुर कार्कीले १ हजार १ सय ८, वडा २ मा एमालेका शुशिल बुढाथोकीले १ हजार ८ सय ६४, वडा ३ मा एमालेका गोपालबहादुर कार्कीले ७ सय ७५, वडा ४ मा कांग्रेसका रमेश राउतले १ हजार ३ सय १४ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् ।
यस्तै, वडा ५ मा एमालेका चरण गुरुङले १ हजार ६ सय २७, वडा ६ मा एमालेका खडगबहादुर बस्नेतले १ हजार ७ सय ४६ र वडा ७ मा एमालेका मोहनप्रसाद अधिकारीले १ हजार २ सय २८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत नायकले बताए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया