ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

काठमाडौँ- तनहुँ ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षतमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनु थापा निर्वाचित भएका हुन् ।
यसघिको निर्वाचनमा पनि दुवै जना निर्वाचित भएका थिए । अध्यक्षका उम्मेद्वार श्रेष्ठले तीन हजार ३३५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरिराज कँडेलले दुई हजार ७९२ र स्वतन्त्र उम्मेदवार श्रीराम थापाले पुतली चिन्हबाट तीन हजार ३३ मत प्राप्त गरेका थिए ।
उपाध्यक्ष पदमा ४ हजार ४२९ मत प्राप्त गरी पुनः गिनु थापा विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार मधुप्रसाद थापाले तीन हजार ४८९ मत प्राप्त गरेका छन् ।
१८ हजार २३८ मतदाता रहेकोमा १० हजार ६७७ मत खसेको आठ वटा वडा मध्ये २, ३, ४, ५ र ६ नम्बर वडा नेपाली कांग्रेस, ७ र ८ नम्बर वडा स्वतन्त्र र १ नम्बर वडा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया