भरतपुरमा रेनु अग्रता बढ्दै, विजयभन्दा ८२१ मतले अगाडि

चितवन - भरतपुर महानगरमा माओवादीका मेयर उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २३ हजार ५ सय ८५ मत गणना हुँदा दाहालले ८ हजार २ सय ६९ मत ल्याएकी छन् ।
उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ७ हजार ४ सय ४८ मत ल्याएका छन् । उनी दाहालभन्दा ८ सय २१ मतले पछाडि छन् ।
अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ८ सय ५८ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार ९ सय ३८ मत ल्याउँदा राप्रपाका हिमला गुरुङले ६ हजार १ सय ४३ मत ल्याएकी छन् ।
हाल महानगरमा वडा ६ को मतगणना जारी भइरहेको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया