झापाको हल्दिवारीमा राप्रपाको दोस्रो जित, प्रमुखमा रविन्द्रप्रसाद लिङ्देन विजयी

काठमाडौँ - झापाको हल्दिवारी गाउँपालिका अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङ्देन विजयी भएका छन् । लिङ्देन ६ हजार ८५६ मतसहित निर्वाचित भएका हुन् । लिङ्देनले एमालेका डम्बर गिरीलाई पराजित गरे । उनले ४६ सय ६६ मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी हुन् । उनले एमालेकी शान्तिदेवी गौतमलाई हराइन् । मैनालीले ५ हजार ७८ मत ल्याउँदा गौतमले ४१ सय ६ मत मात्र ल्याइन् ।
यो राप्रपाको दोस्रो जित हो । यसअघि राप्रपाले काठमाडौको शंकरापुरमा जितेको थियो । हल्दीबारी राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका पनि हो ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया