लेकबेंसीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काठमाडौँ- सुर्खेतको लेकबेंसी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्म्देवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार उमेशकुमार पौडेल नेकपा एमालेका देवबहादुर रानालाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएका हुन् । पौडेलले ६ हजार ६३९ मत पाए भने रानाले ६ हजार ३७४ मत प्राप्त गरे । पौडेल यसअघिको स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा पराजित भएका थिए ।
उपप्रमुखमा भने एमालेका विमला खडलुक विजयी भएकी छन् । उनले ६ हजार १०९ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) की देउकली थापा मगरले ५ हजार ४४० मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया