गैडाकोट नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी

चितवन- गैंडाकोट नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा मदनभक्त अधिकारीले १६ हजार ४५५ मत प्राप्त गरी अधिकारी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार छत्रराज पौडेलले १३ हजार ६०६ मत ल्याएका हुन् ।
त्यस्तै नगरको उपप्रमुखमा पनि नेपाली कांग्रेसकी शान्ति कोइराला निर्वाचित भएकी छन् । कोइरालाले राप्रपाका तुलाराम पौडेललाई पछि पार्दै जित हासिल गरेकी हुन् । कोइरालाले १६ हजार ११४ मत प्राप्त गरेकी छन् भने पौडेलले ८६४० मत प्राप्त गरे ।
गैंडाकोटमा नेपाली कांग्रेसले कुल १८ वटा वडा मध्ये ११, एमालेले ६ र नेकपा माओवादी केन्द्रले १ वटा वडामा अध्यक्ष पदमा विजय हासिल गरेका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया