नख्खु जेल ‘ब्रेक’ गर्ने लामाको निधन

काठमाडौं : तत्कालिन एमालेका केन्द्रीय सदस्य तथा २०५६ सालका सांसद वीरबहादुर लामाको आइतबार बिहान निधन भएको छ । मृगौंलाको रोगबाट लामो समय विरामी भएका ७० वर्षीय लामाको आइतबार बिहान ४ बजे पाटन अस्पतालमा निधन भएको परिवारले जानकारी दिएको छ ।
झापा विद्रोहको आरोपमा जेल परेका १५ राजबन्दीहरू २०३३ सालमा नख्खु जेल ‘ब्रेक’ गरेर भागेका थिए । त्यसमा लामा पनि थिए । भाग्नेमा सीपी मैनाली, घनेन्द्र बस्नेत, धर्म घिमिरे, नरेश खरेल, नारद वाग्ले, जीवन मगर, राजेन राजवंशी, हर्क खड्का, भीष्म धिमाल, माधव पौडेल, प्रदीप नेपाल, गोपाल शाक्य, परमेश्वर यादव र अशोक न्यौपानेलगायत थिए ।
लामा २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति र २०५६ सालमा मकवानपुर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
२०३३ सालको मे दिवसमा तत्कालीन राजा विरेन्द्रविरुद्ध लेखिएको पर्चा छर्ने क्रममा लामा पक्राउ परेका थिए । लामालाई तत्कालीन बागमती विशेष अदालतले ५ वर्ष जेल सजाय र ५ हजार जरिवाना तोकेर नख्खु जेल चलान गरेको थियो । जेलमा झापा विद्रोहमा जेल परेका नेताहरूसँग रहेका लामा २०३३ साल चैत १२ गते नख्खु जेल ‘ब्रेक’ गरेर बाहिर निस्किएका थिए ।
२०६२÷०६३ सालको जनआन्दोलनपछि पुनस्थापित संसदको सदस्य लामा २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा पराजित भए । जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा एमालेभित्र भएको विवादपछि अशोक राईको नेतृत्वमा लामासहितका नेताहरूले पार्टी छाडेका थिए । लामा एमाले फुटेर माले हुँदा मालेमा पनि गएका थिए ।
मकवानपुर फाखेल स्थायी घर भएका लामालाई निमोनिया भएपछि १७ कात्तिकमा पाटन अस्पतालको आईसीयूमा र २० कात्तिकदेखि भेन्टिलेटरमा राखिएको थियो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि २ वर्षदेखि लामाले नियमित डायलाइसिस गराइरहेका थिए । उनी विगत चार दिनदेखि बेहोस अवस्थामा रहेको परिवारले बताएको छ ।
लामा जिविसका सभापति हुँदा नै काठमाडौंलाई तराईसँग जोड्ने मकवानपुरको पहाडी क्षेत्रमा सडक निर्माण भएको थियो ।

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोश्रो साताप…

प्रतिक्रिया