केराबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

विराटनगर- मोरङको केराबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । बुधबार विहान सकिएको मतगणनाको परिणाम अुनसार अध्यक्षमा एमालेका सुमन मिरिङ्चिङ मगर र उपाध्यक्षमा मनमाया मगर निर्वाचित भएका हुन् ।
अध्यक्ष सुमनले ७ हजार ८१० र उपाध्यक्षमा मनमायाले ७ हजार २६७ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा पराजित नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष समेत रहेका रोहित बहादुर कार्कीले ६३९० मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा कांग्रेसकै शुभद्रा राईले ६ हजार ४२८ मत प्राप्त गरिन् ।
केराबारीका १० वटा वडाहरु मध्ये एमालेबाट वडा नं. १ मा शरण राई, २ मा प्रेम बहादुर लिम्बु, ३ मा रामचन्द्र साही, ५ मा अजय लिम्बु, ७ मा खगेन्द्र प्रसाद निरौला र १० मा पूर्ण बहादुर मगर वडाध्यक्ष निर्वाचित भएका छन् ।
वडा नं. ४ मा शिवप्रसाद तामाङ, ८ मा कमल कुमार बस्नेत र ९ मा गोपाल राई कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भए । केराबारीमा नेकपा माओवादी केन्द्रका उपेन्द्र लुंगेली मगरले वडा नं. ६ को वडाध्यक्षमा विजयी भएका छन् ।

आठ करोड ३२ लाखमा बन्यो पालिकाको भवन

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण
_i9NmdaJkKs_gaemtdslogjyfaavix6ja5yjigihvd7kj57xhgavc2sv1b0d8bj95iwgzj7n_tL1ctXk7dv_8nqyh5ochdhfvcx4pbg85gkadxcshojm5daeanaewqh9cobydcxajqua14zc.jpg)
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

प्रतिक्रिया