मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

स्थापित र सिंहको मत जोड्‍दा १५६०१, बालेन एक्‍लैको १५७७५

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । शाहले लौरो चिन्हबाट शाहले १५ हजार ७ सय ७५ मत ल्याएका छन् ।

एमालेका केशव स्थापितले ८ हजार २ सय ५३ मत पाएका छन् । शाह र स्थापितको मतान्तर ७ हजार ५ सय २२ रहेको छ ।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ३ सय ४८ मत प्राप्त गरेकी छिन् ।