मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

१७१२ मत अन्तरले अघि बढिन् रेनु दाहाल

चितवन- भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । रेनुले ९९७० मत प्राप्त गरेकी छिन् । सुवेदीभन्दा रेनु १७१२ मतले अगाडि छिन् ।

नेकपा एमालेका विजय सुवेदीले ८२५८ मत प्राप्त गरेका छन् ।  जगन्नाथ पौडेलले ४५०४ मत ल्याएका हुन् ।

नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ११९५६ र राप्रपाकी हिमला गुरुङले ६७४२ मत ल्याएकी छिन् । भरतपुरमा २७४३८ मत गणना सकिएको छ ।