बागमती प्रदेशले आफ्नै विश्वविद्यालय खोल्ने
हेटौँडा : बागमती प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापना अध्ययन गरेको छ । उच्च शिक्षाको विकासको लागि विश्वविद्यालय स्थापना गर्न आवश्यक भएपछि प्रदेश सरकारले प्रदेशमा अध्ययन गरेको थियो । विश्वविद्यालयका प्राध्यापक युवराज सङ्ग्रौलाको संयोजकत्वमा बनेको अध्ययन कार्यदलले प्रदेशमा चार प्रकारको विश्वविद्यालय स्थापना गर्न सकिने प्रतिवेदन सरकारलाई बुझाएको छ ।
बागमती प्रदेशले सार्वजनिक विश्वविद्यालय स्थापना गर्न धेरै पुँजि लगानी गर्नुपर्ने अध्ययनले देखाएको छ । सार्वजनिक विश्वविद्यालयको जताजतै क्याम्पसहरु नहुने तर अध्ययन अनुसन्धान केन्द्र, परीक्षा केन्द्र तथा सामुदायिक क्याम्पसहरु सदस्य हुन सक्ने भनिएको छ ।
प्रदेश सरकारले खास स्थापना गर्ने थिङ्क ट्याङक विश्वविद्यालय, विकास भएका कलेजलाई नै विश्वविद्यालय बनाउने, कुनै खास क्षेत्रको सामुदायिक क्याम्पस वा आंगिक क्याम्पसलाई नै विश्वविद्यालय बनाउन सकिने अध्ययन प्रतिवेदनमा जनाइएको छ ।
बागमती प्रदेशको १३ जिल्लाको भूगोल, राजस्व आम्दानी, पढाईमा भएका खर्चहरू, पढाई हुन सक्ने पाठ्यक्रमहरू लगायतमा जिल्लैपिच्छे अध्ययन गरिएको प्रोफेसर सङ्ग्रौलाले बताए । उनले प्रदेश सरकारलाई अध्ययन प्रतिवेदनले विश्वविद्यालय स्थापना गर्न मार्ग खुलेको जनाए ।
गएको पुस मसान्तमा सामाजिक विकास मन्त्रीसमेत रहेका डोरमणि पौडेलले प्रतिवेदन ग्रहण गर्दै चालु वर्षमा प्रदेश विश्वविद्यालय विधेयक पारित गर्ने बताएका थिए । तर संसदमा सो विधयेक अझै पेश भइसकेको छैन । प्रदेशको सामाजिक विकास मन्त्रायका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईका अनुसार उक्त विधेयकको मस्यौदा तयार भइसकेको छ । 'विधेयकको मस्यौदा तयार भएर मन्त्रिपरिषद्मा पठाइएको छ' उनले भने । यही सातौ संसद् अधिवेशनमा प्रदेश विश्वविद्यालय विधेयक संसद्बाट पारित गर्ने प्रदेश सरकारको तयारी छ ।

हेटौँडा सिमेन्टको आजदेखि पुनः उत्पादन सुरु

पाँच वर्षमा पनि सम्पन्न भएन तीनखुट्टे–देवीटार सडक
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
मकै छोडेर कफी खेतीमा महाभारतका किसान

चितवनमा दुई वटा सुधारगृह बन्द

राप्तीमा गोहीको गुँड खोज्दै निकुञ्ज

रसुवागढी नाकाबाट सवारी साधन भित्रिनेक्रम बढ्दो, ८ महिनामा ८ हजार बढी चिनिया…

प्रतिक्रिया