विराटनगरमा अग्रता फराकिलो बनाउँदै कोइराला, एमालेका थापाभन्दा ३६३२ मतले अगाडि

मोरङ – मोरङको विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइरालाले अग्रता फराकिलो बनाउँदै गएका छन् । कांग्रेसका नागेश कोइरालाले १४ हजार ९४४ मत पाएका छन् ।
कोइरालालाई पछ्याइरहेका एमालेका सागर थापाले ११ हजार ३१२ मत पाएका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले ४ हजार ६८२ मत पाएका छन् । कोइरालाले ३ हजार ६३२ मतको अग्रता बनाएका छन् ।
उपमेयरमा भने एमालेकी शिल्पा कार्की गठबन्धनका जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार अमरेन्द्र यादवभन्दा झण्डै दोब्बर मतले अघि छिन् । शिल्पाले १२ हजार ९२७ मत पाउँदा उनलाई पछ्याइरहेका जसपाका अमरेन्द्रले ७ हजार ७७८ मत प्राप्त गरेका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया