जेसीबीको ‘साइड इन्जिन टेलिह्यान्डलर’ सार्वजनिक

काठमाडौँः नेपालका लागि जेसीबी ब्रान्डका हेभी इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले जेसीबीको नयाँ मेसिन ‘साइड इन्जिन टेलिह्यान्डलर’ नेपालमा सार्वजनिक गरेको छ ।नयाँ मेसिनलाई नेपाल इट्टा उद्योग महासंघका कोषाध्यक्ष कृष्ण अवाले र हिरा ब्रिक्स इन्डस्ट्रिजका प्रबन्ध निर्देशक हिराकाजी श्रेष्ठ ज्यूले संयुक्त रुपमा भच्र्युअल माध्यमबाट सार्वजनिक गरेका हुन् ।
जेसीबी ‘साइड इन्जिन टेलिह्यान्डलर’ ७ र ११ मिटर गरी दुई भेरियन्टमा उपलब्ध रहेको बिक्रेताले जनाएको छ । ‘नयाँ मेसिनमा साइड इन्जिन, साँघुरो च्यासिस, ग्लास डोर, क्याबमुनिको फ्युल ट्यांक, ब्याट्री कम्पार्टमेन्ट, लिफ्ट यार्मजडित सिंगल बुम जस्ता फिचर छन् जसले हाइड्रोलिक साइकल टाइममा २८ प्रतिशत सुधार गर्नुका साथै उत्पादकत्वमा ३३ प्रतिशत वृद्धि गर्छ,’ एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले भनेको छ ।
साइड इन्जिन टेलिह्यान्डलरमा इन्जिनलाई साइडमा सारिएको छ जसले ध्वनीलाई काम गर्नुका साथै अपरेटरलाई सहज बनाउने बताइएको छ । त्यसैगरी, हाइड्रोलिक ट्यांकलाई पछाडि सारिएको छ जसले मेसिनको सन्तुलनलाई राम्रो बनाउँछ । नयाँ मेसिनमा ‘क्विक हिच्’ रहेको छ जसले बकेट परिवर्तन गर्न र एट्याचमेन्टहरु परिवर्तन गर्न सहज बनाएर मेसिनको पर्फर्मेन्समा तीव्रता ल्याउने उल्लेख छ ।
औद्योगिकरणले तीव्रता पाइरहेको नेपालमा यो मेसिनको आवश्यकता र उपयोग बढ्दै जाने अपेक्षा रहेको कम्पनीले उल्लेख गरेको छ ।
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_3JTf7HsbEB_avd78hkgz1rpczy9yhyjw7shej0cerbaaanttlkzwo3bkdslgs1zetg32jhh.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

एनसेल नेपाल सुपर लिग सिजन ३ : 'खल्ती र आइएमई पे' टिकेटिङ पार्टनर

प्रतिक्रिया