बागलुङको जैमिनी प्रमुखमा राजमो र उपप्रमुखमा कांग्रेस विजयी

बागलुङ - जैमिनी नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।
नगरप्रमुखमा राजमोका नरबहादुर पुन तथा उपप्रमुखमा कांग्रेसका हरिहर शर्मा विजयी भएका हुन् । पुनले आठ हजार ७५५ तथा यहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लीलाबहादुर रानाले दुई हजार ८७३ मत पाए ।
उपप्रमुखमा शर्माले नौ हजार १७३ तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उशा पौडेलले दुई हजार ६३६ मत प्राप्त गरिन् ।
जैमिनीको १० वडामध्ये वडा नं १, २, ५, ७ र ८ मा कांग्रेस, वडा नंं ४ मा नेकपा (एकीकृत समाजवादी), वडा नंं ६ मा नेकपा (माओवादी केन्द्र), वडा नंं ९ एमाले तथा वडा नंं ३ र १० मा राजमो विजयी भएको छ । रासस

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया