२० र २१ गते ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’

काठमाडौँः नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल चेम्बरका तर्फबाट पर्यटन समितिका सभापति अर्जुनप्रसाद शर्मा तथा क्लबका क्याप्टेन राजेन्द्रमान शेरचनले चैत १२ गते बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा यही चैत २० र २१ गते ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ को पहिलो संस्करण आयोजना गरिन लागेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । यसपछि पाँच वर्षसम्म हरेक वर्ष गल्फ प्रतियोगिता आयोजना गर्ने समझदारी पत्रमा उल्लेख छ ।
अहिले कर्पोरेट क्षेत्रलाई लक्ष्य गरी आयोजना गरिने गल्फ प्रतियोगितालाई भविष्यमा मुलुकको पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने गरी अन्तर्राष्ट्रियस्तरको बनाइने नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य एवं पर्यटन सभापति अर्जुनप्रसाद शर्माले जानकारी दिए ।
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_3JTf7HsbEB_avd78hkgz1rpczy9yhyjw7shej0cerbaaanttlkzwo3bkdslgs1zetg32jhh.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

एनसेल नेपाल सुपर लिग सिजन ३ : 'खल्ती र आइएमई पे' टिकेटिङ पार्टनर

प्रतिक्रिया