पोखरा महानगर १३ मा किरण बरालको प्यानलै विजयी

काठमाडौँ- कास्कीकाे पोखरा महानगरपालिका–१३ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकाकाे प्यानलै विजयी भएकाे छ । किरण बराल २ हजार ९ सय ४० मत प्राप्त गरी विजय वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
बरालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बसन्तराज बरालले २ हजार २ सय ३४ मत मात्र प्राप्त गरेका छन् ।
निर्वाचित बराल प्यानलका महिला सदस्य सचिव तामाङले २ हजार ५ सय ४३, दलित महिला सदस्य रजनी परियारले २ हजार ६ सय २८ खुला सदस्यमध्ये एकले २ हजार ४ सय ७० र अर्का सदस्यले २ हजार ४ सय २० मत प्राप्त गरी विजय भएका हुन् ।
निर्वाचित बराल अष्ट्रेलियामा आठ वर्ष बसेर आएका हुन् । विजयी भएपछि उनले विदेशमा अध्ययन गर्दा हासिल गरेको अनुभव, सिकेका सीप र देखेका विकास आफ्नै वडामा उपयोग गर्ने बताए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया