हेटौंडामा गठबन्धनको अग्रता कायमै, मतान्तर घटाउँदै एमाले

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा सत्ताधारी गठबन्धनबाट मेयरको उम्मेदवार रहेकी मिना लामाले पछिल्लो ३३ घण्टादेखि लगातार आफ्नो अग्रता कायम राखेकी छिन् । यद्यपि नेकपाबाट मेयरका उम्मेदवार अनन्त पौडेलले पनि पछिल्लो समय आफ्नो मतान्तर घटाउँदै ल्याएका छन् ।
हेटौंडा वडा १४ को मतगणना सुरू भएसँगै एमालेले आफ्नो मतान्तर घटाउँदै ल्याएको हो । हिजो राप्रपा भन्दा ७३० मतले पछि रहेको एमाले अहिले जम्मा २५० मतले पछाडि छ । यता लामा र राप्रपाबाट मेयरको उम्मेदवार दीपक बहादुर सिंहबीचको मतान्तर भने बढेको छ । हिजो लामा र सिंह बीचको मतान्तर २९५ रहेकोमा आज पछिल्लो अपडेट अनुसार गठबन्धन ७ सय ७३ मतले अगाडि छ ।
हेटौंडाको १९ वटा वडाहरूमध्ये १,२,३,६,१६,१७,१८ र १९ को मत गणना सकिएको छ । हाल ४,५, ७,८,१४,१५ को मतगणना जारी छ । हालसम्म कुल ४३ हजार ३७० मत गणना सकिएको छ । पछिल्लो नतिजा अनुसार उपमेयरमा कांग्रेसका उम्मेदवार राजेश बानियाँले १९ हजार ४५१ मत ल्याउँदा एमालेको उम्मेदवार सुमित्रा काफ्ले १३ हजार ८७४ मत पाएकी छिन् । उपमेयरमा राप्रपाकी इन्दिरा डल्लाकोटिले ३ हजार १५३ मत पाएकी छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया