पाेखराकाे मेयरमा धनराज अगाडि हुँदा उपमेयरमा एमालेकाे अग्रता

पाेखरा - पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राख्दा उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ अघि बढेकी छिन् । पाेखरामा ४४ हजार ६ सय १६ मत गणना हुँदासम्म आचार्यले नेकपा एमालेका कृष्ण थापालाई २ हजार ३३ मतले पछि पारेका हुन्।
आचार्यले १८ हजार ४ सय ६२ मत प्राप्त गरेका छन् भने एमालेका थापाले १६ हजार ४ सय २९ मत ल्याएका छन् । त्यस्तै मेयर मै राप्रपाका शंकर खरालले १ हजार ८ सय ३० र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले ९ सय ७५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले एमालेकी मञ्जुदेवी गुरुङसँग ८२ मतले पछि परेकी छिन् । रानाभाटले १८ हजार ६ सय ४९ मत प्राप्त गरेकी छन् भने एमालेकी मञ्जुदेवी गुरुङले १८ हजार ७ सय ३१ मत ल्याएकि छिन् । राप्रपाकी रञ्जना सेनले १ हजार ६ सय २१ मत प्राप्त गरेकी छिन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया