आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

घोराही उपमहानगरपालिकामा एमाले विजयी, प्रमुखमा नरुलाल चौधरी पुन: निर्वाचित

उपप्रमुखमा एमालेकै हुमाकुमारी डिसी विजयी

काठमाडौँ - घोराही उपमहानगरपालिका प्रमुखमा एमालेका नरुलाल चौधरी बहुमतसहित पुन: निर्वाचित भएका छन् । चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका हुन् । 

उनले ३१ हजार ७ सय २८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेलले २६ हजार ३ सय ६८ मत प्राप्त गरे । चौधरी २०७४ मा पनि प्रमुखमा निर्वाचित भएका थिए । 

उपप्रमुखमा एमाले विजयी भएको छ । उपप्रमुखमा एमालेकी हुमाकुमारी डिसी ४९ मतान्तरले विजयी भएकी छन् । उनले ३० हजार ४ सय ३ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत प्राप्त गरे।