लुम्बिनी प्रदेश सभाको बैठक आह्वान

बुटवल : संसद स्थगित भएको छ महिना पुग्न एक दिन बाँकी रहदा लुम्बिनी प्रदेश सभाको बैैठक आह्वान गरिएको छ । संसद अधिवेशन अन्त्य भएको छ महिनाभित्रै अर्को बैठक बस्नु पर्ने बाध्यकारी व्यवस्थाका कारण सरकारले चैत्र १८ गते बैठक आह्वान गरेको हो । लुम्बिनी प्रदेश सभा स्थगित भएको चैत्र १९ गते छ महिना पुग्दै छ ।
प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले चैत्र १८ गते दिउँसो १ बजे बैैठक बोलाइएको जानकारी दिए । उनकाअनुसार सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ शाहले बैठक आह्वान गरेका हुन् ।
सरकारले केही विधेहरूमा औपचारिक छलफलबाहेक अन्य विजनेस भने नभएको जनाएको छ । सरकारले बनाउने बजेटमाथि प्रि बजेट छलफललगायतका विषय भए पनि नेकपा एमाले र माओवादी ब्युँतिएको अवस्थामा प्रदेश सभा लामो समय नचल्ने अनुमान गरिएको छ ।
प्रदेश सभामा दल विभाजनसम्बन्धी सूचना प्रस्तुत गरिने जानकारी दिइएको छ । यसअघि एमाले र माओवादी केन्द्रको एकतापछि एउटै दल भए पनि अदालतको आदेशसंगै दुईवटा दल बनेका छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण सो दल सत्ता पक्षकै बेन्चमा बस्ने देखिएको छ ।
दुई सांसदले दलको जवाफ पढाएनन्
माओवादी केन्द्रले आफ्ना दुई जना प्रदेश सभा सदस्यलाई अन्य दलको सदस्यता लिएको भन्ने सूचना आएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर सो समय अवधीमा उनीहरूले दललाई कुनै जवाफ पढाएका छैनन् । माओवादी केन्द्रबाट निर्वाचित सांसदहरू दधिराम शर्मा न्यौपाने र दिनेश पन्थीले स्पष्टिकरणको पत्र पाएर पनि कुनै जवाफ नपढाएको माओवादीका प्रमुख सचेतक तुलबहादुर घर्तीले जानकारी दिए ।
‘उहाँहरूले कुनै जवाफ पढाउनु भएन,’ उनले भने, ‘अब उहाँहरूलाई के गर्ने भन्ने विषयमा २/४ दिनमा निर्णय हुने छ । स्रोतकाअनुसार माओवादी केन्द्रका मन्त्रीहरू पनि प्रदेश सरकारमा भएका कारण उनीहरू तत्काल कुनै निर्णय नलिने पक्षमा देखिएका छन् ।
तर सकारले माओवादीका मन्त्रीहरू हटाएको खण्डमा एमालेतिर लागेका आफ्ना सांसदहरूलाई कारबाही गर्नेदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी छ । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार रहेको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा उसलाई सरकार टिकाई राख्न जनता समाजवादी अथवा कांग्रेसको साथ आवश्यक देखिन्छ ।

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बजेट अभावमा विद्यालय भवन अधुरो

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

घोराही कारागारमा बायोग्यास

प्रतिक्रिया