भरतपुरको मेयरमा रेनुले अग्रता बढाउँदै गर्दा वडामा भने शून्य

काठमाडौं– मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार चितवनको भतरपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल नेकपा एमालेका विजयी सुवेदीभन्दा ३ हजार १ सय २६ मतले अगाडि छिन् ।
दाहालले १५ हजार ५ सय ९३ मत प्राप्त गर्दा सुवेदीले १२ हजार ३ सय ८७ मत प्राप्त गरेका छन् ।
रेनुले मेयरमा अग्रता फराकिलो बनाइरहँदा माओवादी वडामा भने शून्य छ । अहिलेसम्म ८ वटा वडाको गणना सकिँदा माओवादीले एउटा वडा सदस्य पनि जित्न सकेकाे छैन । ८ वटा वडामा उसले १० जना वडा सदस्य उम्मेदवार उठाएको थियो ।
मतगणना सम्पन्न भएका ८ वडामध्ये नेपाली कांग्रेसले ६, एमाले र एकीकृत समाजवादीले समान एकएक वडाध्यक्ष जितेका छन् । कांग्रेसले वडा नम्बर १, २, ४, ५, ६ र ८ मा वडाध्यक्ष जितेको हो। एमालेले वडा नम्बर ३ र गठबन्धनबाट एकीकृत समाजवादीले ७ नम्बरमा वडाध्यक्ष जिते ।
८ वडाका ३२ जना सदस्यमा कांग्रेसका २२, एमालेका ९ र राप्रपाका १ जना निर्वाचित भएका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया