राजेश खन्ना र अमिताभ बच्चनको ‘आनन्द’को रिमेक बन्ने

मुम्बई- राजेश खन्ना र अमिताभ बच्चनको जीवनको सबैभन्दा रुचाइएको सिनेमा ‘आनन्द’को रिमेक बन्ने भएको छ । ऋषिकेश मुखर्जी निर्देशित यो सिनेमालाई राजेश खन्ना र अमिताभ बच्चनको उम्दा अभिनय भएको फिल्म मानिन्छ ।
एनसी सिप्पी निर्मित यो फिल्मलाई उनकै नाती समीरराज सिप्पी र विक्रम खाखरले मिलेर निर्माण गर्न लागेका हुन् । निर्माण टिमले अहिले फिल्मको लेखनको काम चलिरहेको जनाएको छ । यसैगरि लेखनको काम सकिएपछि मात्र निर्देशक र कलाकार चयन गरिने पनि निर्माण टिमले जनाएको छ ।
मृत्युको मुखमा रहेको मानिसको सकारात्मक जीवन शैलीको कथा प्रस्तुत गर्ने फिल्ममा राजेश खन्नाले क्यान्सर रोगीको भूमिका निर्वाह गरेका थिए । अमिता बच्चनले उनको डाक्टरको भूमिका निर्वाह गरेका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया