बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

अहिले नै निष्कर्षमा पुग्नु हतार हुन्छ, तर जनमतको सम्मान गर्छु : सिंह

फाइल तस्‍बिर

काठमाडौँ - काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफूले जनताको मतको सम्मान गर्ने बताएकी छन् । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले जति मत आए पनि जनताको मतको सम्मान गर्ने बताएकी हुन्।

उनले महानगरमा अझै पनि धेरै मतगणना हुन बाँकी रहेको भन्दै अहिलेसम्मको परिणामलाई समीक्षा हुने र अहिले नै निष्कर्षमा पुग्दा हतार हुने उल्लेख गरिन्। 

काठमाडौं महानगरमा ६० हजा बढी मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निकै अगाडि छन् भने एमालेका केशव स्थापित र कांग्रेसका सिंह तेश्रो स्थानमा छन् ।