गठबन्धन सरकारले मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुर्यायो : रावल
काठमाडौँ - नेकपा एमालेका सांसद डा. भिम रावलले वर्तमान गठबन्धन सरकारले मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुर्याएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै रावलले सरकारले मुलुकको वित्तीय क्षेत्र सीमित व्यक्तिको हातमा पुर्याएको आरोप लगाएका हुन् । अर्थमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त तथा प्राथकिता औपचारिता पूरा गर्ने र परम्परागत किसिमको ल्याएको उनको भनाइ छ ।
डा. रावलले सरकारले नेपाली जनता र देशले सामना गर्नु परेको समग्र राष्ट्रिय आर्थिक समस्या समधा तर्फ कुनै उल्लेखीय कुरा अगाडि नसारेको आरोप लगाए । उनले वर्तमान गठबन्धन सरकारले बजेट तथा नीति तथा कार्यक्रमको प्राप्त छलफल र सुझावहरू लिन्छ भन्ने विश्वास नभएको बताए ।
‘अर्थमन्त्रीले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त तथा प्राथकिता औपचारिता पूरा गर्ने र परम्परागत किसिमका छन् । नेपाली जनता र देशले सामना गर्नु परेको समग्र राष्ट्रिय तथा आर्थिक समस्या समधान तर्फ कुनै उल्लेखनीय कुरा अगाडि सारिएको छैन,' उनले भने, 'वर्तमान गठबन्धन सरकारले प्राप्त छलफल र सांसदहरूको सुझावहरू सुन्ला भन्ने विश्वास छैन ।'
सांसद डा. रावलले वर्तमान सरकारसँग देश जोगाउन कुनै चिन्तन र दृष्टिकोण समेत नभएको बताए ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया