सुन्दरी प्रतियोगिताको नाममा बलात्कृत भएको एक युवतीको खुलासा
घटनाको बेलिबिस्तार लगाउँदै पीडित सामाजिक सञ्जालमा

काठमाडौँ– आठ वर्षअघि सुन्दरी प्रतियोगितामा भाग लिँदा आफूमाथि बलात्कार भएको एक युवतीले खुलासा गरेकी छिन् । बुधबार सामाजिक सञ्जाल ‘सुसी खान जाने हो’ नाममा बनेको टिकटक अकाउन्टमार्फत् २० वटा भिडियो क्लिप राखेर उनले सो कुरा सार्वजनिक गरेकी हुन् ।
भिडियोमा उल्लेख गरेअनुसार पीडित युवती २०७१ सालमा मोडल र अभिनेत्री बन्ने सपना बोकेर ‘मिस ग्लोबल इन्टरनेसनल’ नामक सुन्दरी प्रतियोगितामा सहभागी भएकी थिइन् । १६ वर्षको उमेरमा सो प्रतियोगितामा भाग लिएकी उनले सो प्रतियोगितामा फस्ट रनर अप भएको बताएकी छिन् ।
प्रतियोगिता सकिएपछि आयोजकमध्येका एकले उनलाई ‘सक्सेस पार्टी’ भन्दै एभरेष्ट होटलमा बोलाएको र बेहोस हुने ड्रिंक्स खुवाएर आफूमाथि बलात्कार गरेको उनको आरोप छ । ‘सक्सेस पार्टी भन्दै मलाई एभरेष्ट होटलमा बोलाइएको थियो तर म त्यहाँ पुग्दा कोही पनि थिएनन् । ‘कोही छैन त भन्दा’, ‘तिमी छिटो आयौ, अरु आउँदैछन् भनेर’ लेमोनेड मगाइयो र यो खाएपछि आफूलाई असजिलो भए पछि घर जान लाग्दा होटलको कोठामा रेस्ट गर्दै गरे भनेर पठाएको र आफू होसमा आउँदा बलात्कृत भएको थाहा थाहा पाएकी हुँ,’ युवतीले बनाएका २० वटा भिडियो मध्ये एकमा भनेकी छिन् ।
‘होसमा आउँदा झोलामा २० हजार हालिदिएर ‘तलाइँ पैसा चाहिएर मलाई सिंग्नल दिएकी थिइस् मैले त्यही अनुसार गरेँ’ भनेको थियो,’ उनले भनेकी छिन् ।
पीडकले त्यसबेला नग्न तस्बिर र भिडियो खिचेर ६ महिनासम्म ब्लाकमेल गरेर बलात्कार गरेका गरेकोसमेत उल्लेख गरेकी छिन् ।
उनले आफूलाई बलात्कार गर्ने र बलात्कारीलाई साथ दिने केहीको नाम र केहीको थर पनि भिडियोमा उच्चारण गरेकी छिन् । यो क्रममा उनले मिस नेपाल २००२ कि माल्भिका सुब्बाको पनि नाम लिएकी छिन् । आफूमाथि बलात्कार भएपछि सुब्बालाई जानकारी दिएर सहयोगको याचना गरेको बताएकी उनले माल्भिकाबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेकी छिन् । सो समयमा माल्भिकाले आफूलाई सहयोग गर्नुको साटो ‘त्यो तिम्रो समस्या हो, मेरो होइन भनेर पन्छिएको’ उनले भिडियोमा उल्लेख गरेकी छिन् ।
उनले भिडियो सार्वजनिक गरेपछि माल्भिकाले उनलाई मेसेज गरेर माफी मागेको स्क्रिनसट बाहिरिएका छन् । माल्भिकाको भनी सार्वजनिक स्क्रिन सटमा माल्भिकाले भनेकी छिन्, ‘त्यस समयमा मलाई यौन र बलात्कारसम्बन्धी जटिल विषयमा थाहा थिएन । मैले त्यसबेला सोधखोज गरेर सहयोग गर्नुपथ्र्यो । अहिले म धेरैकुरा सिक्दैछु, बुझ्दैछु । तिमीले भोगेको त्यो दुःखका लागि आशा छ तिमीले मलाई माफ गर्नेछौँ ।’
जवाफमा युवतीले लेखेकी छिन्, ‘१२ लाइनको तिम्रो बकवासले मलाई न्याय गर्दैन । त्यो बेला म १६ वर्ष थिएँ, तिमी ३३ वर्षकी थियौँ । जुन बेला तिमीले मलाई सहयोग गर्ने कोशिससमेत गरिेनौ ।’
घटना बाहिरिएर माल्भिकाको चौतर्फी आलोचना भएपछि उनले बिहीबार सामाजिक सञ्जालमा लामो पोस्ट राख्दै पीडितलाई सहयोग गर्न नपाएकोमा पुनः माफी मागेकी छिन् ।
पीडित युवतीले आफ्नो कुरा कसैले नपत्याएपछि आफूले आत्महत्याको बाटोसमेत रोजेको उनले बताएकी छिन् ।
विगत केही समयदेखि डिप्रेसनको औषधि खाइरहेकोसमेत पीडितको भनाइ छ । डिप्रेसनको औषधिले काम नगरेर समस्या झन्–झन् बल्झिएपछि थेरापिस्टले नै मनमा गुम्सिएको कुरा सार्वजनिक गर्न दिएको सल्लाह अनुसार ढिलै सही सम्पूर्ण घटना बाहिर ल्याएको उनको भनाइ छ । ‘यो कुरा यत्रो वर्ष मनमा राखेर न म सन्चो भएँ, न मलाई औषधि र थेरापीले नै काम ग¥यो,’ उनले भिडियोमा भनेकी छिन् ।
भिडियोमा उनले आफूसँग जोडिएका अन्य यौन दुर्व्यवहारका घटना पनि सार्वजनिक गरेकी छिन् । भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा धेरैजना उनको पक्षमा उभिएका छन् ।

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

प्रतिक्रिया