धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै, कांग्रेसका वडभन्दा ८२९२ मतले अगाडि

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाउँदै लगिरहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार साँझ सार्वजनिक गरेको मतपरिणामअनुसार हमाल निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नृप वडभन्दा ८ हजार २९२ मतले अगाडि छन्।
६३ हजार ७१५ मत खसेको धनगढीमा ३५ हजार ८९४ मत गन्दा हमालले १६ हजार ४१५ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ८ हजार १२३ मतसहित हमाललाई पछ्याइरहेका छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्द ३ हजार ७७४ मतसहित तेस्रो स्थानमा छन् । १९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, ४, १६, १७, १८ र १९ वडाको मतगणना सकिएको छ । १७ नम्बरबाहेक मतगणना सकिएका सबै वडामा हमालले सबैभन्दा बढी मत पाएका छन् ।
उपमेयरमा भने सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी शान्ति अधिकारीले ७ हजार ४५७ मतका साथ लिड गरिरहेकी छिन् । एमालेकी कन्दकला रानाले ६ हजार ६१७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४ हजार १५४ मत पाएका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया