विदेशमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २८५ पुग्यो
पछिल्लो साता ५४४ संक्रमित, एकको निधन

काठमाडौँ : पछिल्लो साता विदेशमा बस्ने ५ सय ४४ नेपालीमा कोभिड-१९ को संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघले यो साता अष्ट्रिया र चेक रिपब्लिकमा गरी दुई देशमा रहेका नेपालीमा संक्रमण देखिएको जनाएको छ । यो सँगै विश्वभर ४४ देशमा रहेका नेपालीमा संक्रमण देखिएको छ ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार, यो साता विदेशमा रहेका थप एक हजार १ सय ६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् । ५ सय ४४ जना संक्रमित भएका छन् । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, विदेशमा ४४ हजार ११३ जना नेपाली संक्रमित भइसकेका छन् । तीमध्ये ४० हजार ७२८ जना अर्थात् ९२ प्रतिशत नेपाली निको भएका छन् । यो साता स्पेन, नेदरल्यान्ड, चेक रिपब्लिक, डेनमार्क, अष्ट्रिया रहेका नेपालीमा थप संक्रमण देखिएको छ ।
गैरआवासीय नेपाली संघले यो साता साउदी अरबमा थप एकजना नेपालीको संक्रमणले ज्यान गुमाएको जनाएको छ । विदेशमा १८ देशमा २ सय ८५ जना नेपालीले कोभिडबाट ज्यान गुमाइसकेका छन् । (रासस)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया