ललिता निवास: नेपाल र डा. भट्टराईविरूद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ: सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईविरूद्ध मुद्दा चलाउन माग गर्दै परेको रिटमाथि सुनुवाइ सुरु गरेको छ । सोमबार न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलाशमा सुनुवाइ भइरहेको छ । उक्त रिट सुनुवाइको पहिलो नम्बरमा सुनुवाइ भइरहेको छ।
गत फागुन २ गते सर्वोच्चले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नका लागि प्रमाण उपलब्ध गराउन आदेश जारी गरेको थियो । न्यायाधीशद्वय डा।आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले प्रधानमन्त्रीद्वय नेपाल र डा। भट्टराईविरुद्ध परेको रिटमा निर्णयमा पुग्न आवश्यक कागजात नभएपछि मिसिल झिकाउने आदेश दिएको थियो ।
अख्तियारले मन्त्रिपरिषद्बाट भएका नीतिगत निर्णयका आधारमा ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुद्दा नचलाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । ललिता निवास प्रकरणमा पूर्वमन्त्रीहरू, पूर्वप्रशासकलगायत एक सय १० जनाविरुद्ध भ्रष्टाचार र ६५ जनाको जग्गा जफत गर्नेगरी मुद्दा दायर गरिसकेको छ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया