सभापति देउवाले टिकट खोसेका कांग्रेसका बागीले स्वतन्त्रबाटै जिते मेयर

काठमाडौं–बर्दिबास नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारले जित हासिल गरेका छन् । मेयर पदमा निर्वाचित प्रहलादकुमार क्षेत्रीले १४ हजार २ सय १० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी माओवादीका राजु खड्काले ८ हजार ३ सय २३ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार चिरञ्जीवी हमालले भने १२ सय ६३ मत मात्रै ल्याए ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका क्षेत्रीको कांग्रेसबाट टिकट खोसिए पछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । उनको टिकट खोसेर कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका हमाललाई मेयरको टिकट दिएका थिए । तर, देउवाको रोजाइका हमाल चौथो बन्न पुगे ।
यस्तै उपमेयरमा तारा देवीले ९ हजार ७ सय ३६ मत ल्याएर विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी माओवादीकी कृष्णमाया गौतामले ८ हजार १ सय ८५ मत ल्याइन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया