मोबाइल वर्ल्ड कंग्रेसमा ओपोले नवप्रवर्तन प्रस्तुत गर्ने

शिन्चेन : ओपोले मोबाइल वल्र्ड कंग्रेस, शंघाई (एमडब्ल्यूसीएस) २०२१ मा आफूले सार्वजनिक गर्ने तयारी गरेका नवप्रर्बतनहरुका बारेमा केही संकेत प्रस्तुत गरेको छ । फेब्रुअरी २३ देखि २५ सम्म ओपोले आफ्ना पार्टनर्सहरुका साथमा फाइभजी स्पेसमा आफूले गरेका नयाँ परिक्षणका नतिजाहरु प्रस्तुत गर्नुका साथै, चार्जिङ प्रविधिमा भविष्यका विकासहरु, स्मार्टफोन अवधारणाहरु र ईन्टरनेट अफथिङ्स (आईओटी) हरू प्रर्देनछ ।
ओपो एक्स २०२१ रोलेबल कन्सेप्ट स्मार्टफोन मार्फत ओपोले नयाँ ताररहित चार्जिङ प्रविधिहरु प्रदर्शित गर्नुका साथै भोक फ्ल्याश चार्जिङ अन्तर्गत नयाँ विकासहरु ओपोले प्रदर्शित गर्नेछ । तर, ती मध्य पनि सबैभन्दा रोचक दैनिकीमाउपयोग हुने हरेक किसिमका उपकरणलाई तिब्र गतिमा चार्ज गर्न सघाउने विश्वब्यापी पहलको प्रदर्शनी हुनेछ ।
सन् २०१४ मा आफ्नो पहिलो भोक प्रविधि सार्वजनिक गरेदेखि नै ओपोले फ्ल्याश चार्जिङ क्षेत्रको अगुवाई गरिरहेको छ । एमडब्ल्यूसीएसले नवप्रवर्तन र साझेदारी प्रदर्शनीको अवसर प्रदान गर्दै भविष्यका लागि ईकोसिस्टमको विस्तारमा सघाउँदै तुलनात्मक रुपमा पहिले भन्दा ब्यापक रुपमा अझ बढी ब्यक्तिहरु मझ पुग्न सघाउँछ ।
सन् २०२०का असंख्य परिक्षणहरुपछि यस पटक चाइना यूनिकमबुथमा आगन्तुकहरुले ओपोको ५जी एमएम स्पिड टेस्टिङको प्रत्यक्ष प्रदर्शनको अवलोकन गर्न पाउने छन् । ५जी एमएम वेभले ५जी एप्लिकेशन्सका नयाँ पिढीका लागि जग बसाल्ने कम्पनीले जानकारी दिएको छ । ओपोको ५जी सीपीईमा उपलब्ध गरिएको यो प्रविधि पनि एमडब्ल्यूसीएसमा प्रदर्शन गरिनेछ । ओपोको फाइभ जी सीपीईले फाइभ जी सिग्नललाई स्थिर र अतितिब्र वाईफाई कनेक्शनमा परिणत गर्छ ।
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_3JTf7HsbEB_avd78hkgz1rpczy9yhyjw7shej0cerbaaanttlkzwo3bkdslgs1zetg32jhh.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

एनसेल नेपाल सुपर लिग सिजन ३ : 'खल्ती र आइएमई पे' टिकेटिङ पार्टनर

प्रतिक्रिया