फिक्सनको अध्यक्षमा दीपेन्द्र लामा

काठमाडौ : चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा दीपेन्द्र लामा चुनिएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न साधारण सभाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । विभिन्न सञ्चारमाध्यममा चलचित्र समीक्षा गर्नेहरु सदस्य रहेको 'फिक्सन' नेपाल पत्रकार महासंघमा आवद्ध एसोसियट संस्था पनि हो ।
पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्रको उपस्थितिमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा सामीप्यराज तिमल्सेना र स्मृति ढुंगाना, महासचिवमा सजना बराल, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ तथा कोषाध्यक्षमा प्रभाकर गौतमलाई निर्वाचित गरेको छ ।
केन्द्रिय सदस्यमा लेनिन बञ्जाडे, नरेश फुयाल, अभिमन्यु दीक्षित र रक्षा थापा चयन भएका छन् । महासंघका कोषाध्यक्ष राजेश मिश्र तथा निवर्तमान अध्यक्ष यज्ञसले नयाँ कार्यसमितिको सफलताको कामना गरे । चलचित्र समीक्षा गर्ने संस्कृतिलाई थप स्थापित र फराकिलो बनाउन विभिन्न कार्यक्रम आयोजना गर्ने लक्ष्य 'फिक्सन'ले लिएको नवनिर्वाचित अध्यक्ष लामाले बताए ।

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

बुद्ध दर्शनको दस्तावेज – अर्हत्

प्रदीप खनाललाई ‘प्रतीक ढकाल कीर्तिमान यात्राबर सम्मान २०८२’ प्रदान

मोहन सिटौलाको ब्यस्टी र समष्टी´ सार्वजनिक

प्रतिक्रिया