मंगलबार ०९ बैशाख, २०८२
Tuesday, April 22, 2025

ग्लोबल आइएमई बैंकका नयाँ तीन शाखा सञ्‍चालनमा

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि तीनवटा नयाँ शाखा सञ्‍चालनमा ल्याएको छ । बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्‍चालनमा ल्याएको छ । तीन वटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २७३ पुगेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २७३ शाखा सञ्‍जाल सहित २४२ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि सम्पर्क कार्यालय मार्फत आफ्ना २२ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।