हेटौंडाका वडाध्यक्षका ५ जना स्वतन्त्र उम्मेदवार, जसले आफैलाई भोट हालेनन्

हेटौंडा- हेटौंडा उपमहानगरपालिकामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ५ जनाले आफैंलाई भोट नहालेको पाइएको छ ।
हेटौंडाको १९ वटा वडामध्ये १३ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा ७ वटा वडामा नेपाली कांग्रेस ६ वटा वडामा एमाले विजयी भएको छ । हेटौंडाको मतगणनामा विभिन्न वडाका ५ जना स्वतन्त्रबाट वडा अध्यक्षका उम्मेदवारले शून्य मत पाएका छन् भने ३ जना स्वतन्त्र उम्मेदवारले एक-एक मत मात्रै पाएका छन् ।
स्वतन्त्रबाट २ मा वडाध्यक्षका उम्मेदवार रमेश बहादुर थिङ, ६ मा शिवप्रसाद गौतम, १५ मा कृष्णलाल स्याङतान, प्रेमबहादुर भोमजन र १८ मा युवराज खड्काले एक मत पनि ल्याउन सकेनन् । स्वतन्त्रबाट हेटौंडा–१५ बीरबहादुर थिङ, हेटौंडा–१६ का निरन्जनप्रसाद दहाल र हेटौंडा १९ का रत्न बहादुर भ्लोनले एक-एक मत मात्र ल्याएका छन् ।

१०७४ किलो गाँजासहित चार जना पक्राउ

निः शुल्क वितरण गरिएका बिरुवाको अनुगमन गर्दै वन कार्यालय

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

जुगलमा नमुना युवा गाउँसभा

बजेटका सम्बन्धमा भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला मन्त्रालयको ध्यानाकर्षण

बाढी घरमा पस्दा बलामी बेपत्ता

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

प्रतिक्रिया