महोत्तरीका मतदाताहरूले स्वतन्त्र उम्मेदवारलाई पत्याएनन्

महोत्तरी- यसपालि महोत्तरीका मतदाताहरूले स्वतन्त्र उम्मेदवारलाई पत्याएनन् । राजनीति दलप्रति जनताको वितृष्णा बढेको भनिएका बेला महोत्तरीका नागरिक भने दलकै एजेण्डाभित्रको योजनाबाट विकास र समृद्धि खोजेका छन् ।
दलका उम्मेदवारहरू नै अघिल्लो निर्वाचनमा महोत्तरीका १५ वटै पालिकाहरूमा जनप्रतिनिधि बनेका थिए । उनै जनप्रतिनिधिहरूले अपेक्षाकृत काम गर्न नसकेको आरोप लगाउने गरेका मतदाताले यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई जिताउने अनुमान गरिएको थियो । तर, स्वतन्त्र उम्मेदवारहरूले अपेक्षा गरेजस्तो मतपरिणाम आएन
१५ वटै पालिकामा स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए । तर, स्वतन्त्र उम्मेदवारहरुको पराजयले आमनागरिक अझै पनि दलीय राजनीति र उनका एजेण्डामा विश्वास गर्छन् भन्ने देखाएको छ ।
पुतली, हाँस, लौरोजस्ता चिह्न लिएर चुनावी मैदानमा होमिएका कतिपय स्वतन्त्र उम्मेदवारहरूले १० मत पनि पाउन नसकेको हालसम्म सार्वजनिक मतपरिणामले देखाएको छ ।
महोत्तरीमा स्वतन्त्र उम्मेदवारी दिएकाहरू २८२ जना छन् । जसमध्य प्रमुखमा ११३ जना, उपप्रमुखमा २० जना, वडा अध्यक्षमा १३६ जना, खुला सदस्यमा ६ जना र महिला सदस्यमा ७ जना छन ।
यही माहोलामा कांग्रेसबाट बागी उम्मेदवार भने प्यानलसहित निर्वाचित भएका छन् । अन्तिम समयमा टिकट खोसिएपछि कांग्रेसबाट बागी उम्मेदवार बनेका प्रल्हाद क्षेत्री र उनका पक्षधरहरूले बर्दिबास नगरपालिकामा जित हात पारेका छन् ।
कांग्रेसबाट बागी उम्मेदवार बनेका क्षेत्री मेयरमा र उनकै प्यानलबाट उपमेयरमा तारादेवी महतो निर्वाचित भएकी हुन् । साथै क्षेत्रीकै प्यानलका उम्मेदवार बर्दिबास–१, ७, १३ र १४ मा वडाध्यक्षमा निर्वाचित भए । आफ्ना समर्थकहरूको आग्रहमा कांग्रेसका आधिकारिक उम्मेदवार चिरञ्जीवी हमालविरुद्ध क्षेत्रीले प्यानलसहित बागी उम्मेदवारी दिएका थिए ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया